कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

यस्तो छ कोरोनाबाट बच्‍न संसद्‌मा सतर्कता [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित संख्या वृद्धि भएसँगै विभिन्‍न क्षेत्रमा सतर्कता बढाइएको छ । नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेको संघीय संसद्‌ भवनमा कोरोना भाइरस संक्रमण रोक्‍नका लागि विभिन्‍न सावधानीका उपाय अपनाइएको छ ।

संसद् भवनको मूलद्वार छिर्नुभन्दा अगाडि साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ । त्यस्तै ढोकानजिकै हेल्थ डेस्क राखिएको छ भने ज्वरो नाप्ने, मास्क वितरण, स्यानिटाइजर हातमा राखिदिनका लागि ३ जना व्यक्तिलाई खटाइएको छ । त्यहाँ सबै सांसदले साबुन पानीले हात धुँदैनन् तर हाउस छिर्ने बेलामा स्यानिटाइजर प्रयोग भने अनिवार्य गरेको देखिन्‍थे । सोमबार अपराह्‍नसम्म नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ भने २ जनाको ज्यान गइसकेको छ ।


प्रकाशित : जेष्ठ ५, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्