१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव पशुपतिमा [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) बाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति आर्यघाट ल्याइएको छ । नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्