यस्तो छ लकडाउनमा काठमाडौं उपत्यकाको अवस्था [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन, हेमन्त श्रेष्ठ, किरण पाण्डे, दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिएपछि सरकारले लकडाउनलाई अझै कडा बनाउँदै लगेको छ । जसकारण उपत्यकाका अधिकांश मुख्य सडक क्षेत्र सुनसान बनेको छ । तर केही ठाउँमा धुले सडकमा युवाहरु क्रिकेट खेलिरहेका भेटिए भने कीर्तिपुरको त:ननीमा महिलाहरु पानीको जोहो गर्न लाइनमा बसिरहेका थिए । नागरिकको सुरक्षाका लागि भन्दै सरकारले चैत ११ देखि लकडाउन जारी राखेको छ । यस अवधिमा केही सर्वसाधारण विभिन्न कारणले सडकमा निस्किरहेका छन् ।


प्रकाशित : जेष्ठ ३, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

शिशुको शव फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर नगरपालिका–१ सृजनानगरस्थित बेवारिसे शिशुको विभत्स शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीय प्रदिप थापाको खालीजग्गामा शनिबार शिशुको शव भेटिएको हो । 

शवको लिङ्ग पहिचान समेत नभएको महानगरीय प्रहरी वृत्त जगातीका सूचना अधिकारी प्रहरी निरिक्षक राजकुमार थापाले बताए ।

शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्‍ज पठाइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×