लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती [फोटो फिचर]

तस्बिर : मनोज पौडेल

लुम्बिनी — महामारीबाट छुटकारा पाउन गरिने रतनसूत्र पाठ गरेर २५६४औं बुद्ध जयन्ती मनाइएको छ । संसारले चाँडै नै कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतनसूत्र पाठ गरियो ।

शान्ति र सद्भावको वातावरणमा १५ भिक्षु, लामागुरु र गुरुमाले प्रार्थना गरे । सबैले मास्क लगाएका थिए । कतिपयले हातमा पञ्जा पनि लगाएका थिए । सबैलाई दुई मिटर दूरी कायम गरेर राखिएको थियो । थेरबादी र महायानी परम्पराअनुसार मंगलकामना पनि गरिको थियो ।

त्यसअघि भिक्षु महासंघका अध्यक्ष भिक्षु मैंत्री महास्थवीरको नेतृत्वमा ७ जना भिक्षुले बालक बुद्धको मुर्ति मायादेवी मन्दिरभित्र लगेर पूजाआजा गरेका थिए । पुष्करणी पोखरी घुमाएर अशोक स्तम्भ छेउ प्रतिस्थापन गरे । बालक बुद्धलाई भिक्षु, लामागुरु र गुरुमाले नुहाइदिए । पूजाआजा गरे ।

बुद्धलाई जन्मनासाथ नुहाइदिएकाले यहाँ पनि नुहाइदिइएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटराईको शुभकामना सन्देश लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले पढेर सुनाए ।


प्रकाशित : वैशाख २५, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्