कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी गरियो स्वयम्भू स्तूपा परिसरमा सरसफाई [तस्बिरहरु]

केशव थापा

काठमाडौँ — २५६४औं बुद्ध जयन्तीको पूर्वसन्ध्यामा स्वयम्भू र पाटनका स्थानीयहरुले स्वयम्भू स्तूपा परिसर सरसफाई र मर्मतसम्भार गरेका छन् । महिनेपिछे गर्न गाह्रो भएकोले स्वयम्भू स्तुपाको मर्मत सम्भार वर्षमा एकचोटी बुद्ध पूर्णिमाको अघिल्लो दिन गर्ने गरिन्छ ।

कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा पाटनबाट १० र स्वयम्भूबाट २० गरी यो वर्ष ३० जनामात्र स्तुपा सरसफाई र मर्मत सम्भारमा संलग्‍न भएको पाटनका सञ्जय शाक्यले बताए । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।


प्रकाशित : वैशाख २४, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

चीनद्वारा स्वास्थ्य सामग्री सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले बुधबार कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास र चीनको परराष्ट्र मन्त्रालयको एसिया सम्बन्ध विभागले संयुक्त रुपमा नेपाललाई मास्क र प्रोटेक्टिभ गगल्स लगायतका सामग्री सहयोग गरेको हो ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको सामग्रीमा १० हजार केएन–८५ मास्क, ३३ हजार आठ सय डिस्पोजन सर्जिकल मास्क र नौ हजार प्रोटेक्टिभ गर्गल्स रहेको चिनियाँ दूतावासले जनाएको छ ।

यस्तै, ग्यान्सु प्रान्त र ग्यान्सु प्रान्तको शहरी तथा ग्रामिण लगानी समूहले नेपालको प्रदेश–५ को सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, मेडिकल ग्लब्सलगायतका मेडिकल सामग्री सहयोग गरेको थियो ।

प्रकाशित : वैशाख २४, २०७७ २०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×