सडकमाथि झोलुंगे पुल [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — सूर्यविनायक नगरपालिकाको साँगा भन्‍ज्याङमा झोलुंगे पुल निर्माण गरिएको । वडा नम्बर ९ नंखेल र १० चित्तपोल जोड्न निर्माण गरिएको उक्त झोलुंगे पुलले कुनै पनि गाउँ र बस्ती जोड्दैन । यो पुल खोलामाथि नभएर सडकमाथि निर्माण गरिएको छ ।

घुमाउरो र उकालो ओरालो बाटो रहेको यस ठाउँमाथि रहेको पुलले दुर्घट्ना निम्त्याउने जोखिम रहेको स्थानीयले बताएका छन् । सडकमाथि निर्माण गरिएको यो पुलको कुनै ‌औचित्‍य नभएको स्थानीवासीको भनाइ छ । पुलको लम्बाई २ सय ३५ मिटर लामो रहेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र केसीले बताए । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा संघीय सरकारको करिब १ करोड रुपैयाँ बजेटमा उक्त पुल निर्माण भएको हो । नगरपालिकाले नगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धन गर्न पुल निर्माण गरिएको वडाध्यक्ष केसीले दाबी गरे । कैलाश महादेव मन्दिर आवतजावतमा सहज बनाउन पुल निर्माण गरिएको वडाध्यक्ष केसीको भनाइ छ ।


प्रकाशित : वैशाख २४, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्