कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रानीपोखरीको पुनर्निर्माण सुचारु[तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — लकडाउनको कारण रोकिएको रानीको पोखरीको पुनर्निर्माण कार्य सुरु भएको छ । चैत ११ गतदेखि निर्माण कार्य रोकिएपछि निर्धारित समयमा पोखरीको पुनर्निर्माण हुन सकेन । सरकारले वैशाख १२ गते रानी पोखरीको उद्‍घाटन गर्ने तयारी गरेको थियो ।

केहीदिनयता पोखरी र मन्दिर दुवैको पुनर्निर्माण भइरहेको उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले बताए वैशाख २२ गतेदेखि पोखरीको र वैशाख १३ गतदेखि मन्दिरको पुनर्निर्माण थालिएको तुलाधारले बताए ।

पोखरीको फेदमा विछ्याइएको कालोमाटोमा ईंटा राख्‍ने काम १२ प्रतिशत बाँकी रहेको तुलाधारले जानकारी दिए । यस्तै पोखरीमा वाल लगाउने काम पनि ९५ प्रतिशत सकिएको उनले बताए । सामाजिक दूरी कायम गरेर करिब ३० जना कामदारहरु अहिले रानी पोखरीको पुनर्निर्माणमा खटिएको तुलाधारको भनाइ छ ।


प्रकाशित : वैशाख २४, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्