कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

'हाम्रा लागि के मजदुर दिवस,के कोरोना भाइरस ?' [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — मे १ तारिखलाई विश्‍व मजदुर दिवस मनाइएपनि शारिरिक श्रम गर्नेहरुका लागि यो दिवस कुनै अर्थ लागेन । भक्तपुरको दुवाकोटस्थित इँटा उद्योगमा काम गर्ने मजदुरहरुलाई मे दिवसले कुनै अर्थ लागेन । उनीहरलाई मजदुर दिवस र कोरोना भाइरसभन्दा पनि दुई छाक टार्नको चिन्ता छ । भट्टामा दैनिक ज्याला मजदुरी गर्ने उनीहरुलाई कोरोना भाइरस र मजदुर दिवसले कुने अर्थ राखेन ।

१० वर्षदेखि नेपालका भट्टाहरुमा काम गर्दै आएका भारतका दरभंगा कमोद सदा आफ्न‌ो लवजमा भन्छन्,'सर हाम्रो लागि के मजदुर दिवस के कोरोना भाइरस हामीलाई खाली कामसँग मतलब छ । काम भएन भने खान पाइदैन ।' मजदुर दिवस हो भन्‍ने आफूलाई थाहा भएपनि काम नगरे आम्दानी गुम्‍ने चिन्ता हुन्छ ।

विश्वभरीका मजदुरहरुले आफ्नो हक अधिकारका लागि आवाज उठाउँदै प्रत्येक वर्ष श्रमिक दिवस मनाउँछन् । तर यो वर्ष माहोल फरक छ । कोरोना भाइरस (कोविड १९) को कारण संसार आक्रान्त बनेको छ । विश्व नै लकडाउनको अवस्थमा छ । नेपालमा पनि विभिन्‍न कार्यक्रम गरी मनाइने श्रमिक दिवस लकडाउनका कारण औपचारिक कार्यक्रमहरु भएनन् ।


प्रकाशित : वैशाख १९, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्