दुई दिनदेखि बसमै बास [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — उदयपुर जान लागेका ५० जना यात्रुलाई दुई दिनदेखि बालकुमारीमा रोकिएर राखिएको छ । घर जान नपाएपछि उनीहरु अलपत्र परेका छन् ।

बेलका नगरपालिकाले उनीहरुलाई लिनका सिफारिस पत्र सहित आफ्‍ना नगरवासी लिनका लागि गाडी पठाएको थियो । तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई अनुमति नदिएर दुईदिनदेखि त्यतिकै रोकेर राखेको छ । मंगलबार बिहानदेखि उनीहरु बालकुमारीमा रोकिएको बसमै बास बसिरहेका छन् ।

६ जना बालबालिकासहित ५० जनाको हारहारीमा रहेका उनीहरु दुई दिनदेखि भोकै छन् । बसमा रहेका यात्रु महेन्द्र गिरीले भने,'हामी दुई दिनदेखि यही बसमा चाउचाउ र पानी खाएर बसमा छौं । कतिबेला घर जान दिन्छ भन्‍ने टुंगो छैन । हामी विचल्लीमा परेका छौं । हामीलाई घर फर्कने वातावरण बनाइदिनुहोस् ।'


प्रकाशित : वैशाख १७, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्