१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाँस जोहो गर्न लाइन [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — लकडाउन लम्बिँदै जाँदा काठमाडौं उपत्यका लगायत स्थानमा ज्याला मजदुरी गरी छाक टार्दै आएकाहरु झन् समस्यामा परेका छन् । त्यस्ता वर्गलाई लक्षित गरी केही गैरसरकारी संस्थाले राहत र नि:शुल्क खानासमेत बाँड्दै आएका छन् । लकडाउनको ३६ औं दिन मंगलबार सिनामंगल गैरीगाउँमा हिन्दु स्वयम्‌सेवक संघले झण्डै ३ सय जनालाई खाना वितरण गरेका छन् । खाना थाप्‍नेहरु लामबद्ध भएर बसेका देखिन्थे । लाइनमा हरेक उमेर समूहका महिला, पुरुषहरु थिए ।

कोभिड १९ को जोखिम न्यूनिकरणका लागि सरकारले गत चैत ११ देखि लकडाउन जारी गरेको हो । नेपालमा मंगलबारसम्म ५४ जन संक्रमित भेटिइसकेका छन् । जसमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् ।


प्रकाशित : वैशाख १६, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्