कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लकडाउनमा दैनिकी [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — लकडाउनको आइतबार ३४ दिन पुगेको छ । मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । दैनिक काम ठप्प छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था सबै बन्द छन् । मानिसहरु हिँडेरै उपत्यका बाहिर गइरहेका दृश्य अझै देख्न पाइन्छ । लकडाउनमा घरमै बसी वरपरको दृश्य नियाल्नुको विकल्प काठमाडौं उपत्यकाका मानिसहरुसँग छैन । घरको झ्याल र बरन्डा मानिसहरुको प्रिय ठाउँ भएको छ। कोही झ्यालमा टोलाइरहेका देखिन्छन् त कोही झ्यालबाटै सडकको तस्बिर मोबाइलमा कैद गरिरहेका ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । अहिलेसम्म ५१ जनामा संक्रमण देखिएको छ । जसमध्ये १६ जना निको भएका हुन् । कोरोनाको संक्रमण फैलन नदिन सरकारले चैतको ११ गतेदेखि मुलुकभर लकडाउन गरेको हो ।


प्रकाशित : वैशाख १४, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्