रमजान सुरु [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — इस्लाम धर्मालम्बीहरुको चाड रमाजान पर्व शनिबारदेखि सुरु भएको छ । लकडाउनका कारण यस वर्षको रमजानमा विगतका जस्तो हर्षोल्लासका साथ मस्जिदमा गएर मनाइएन । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदायहरु दिनमा निराहार बस्छन् ।

रमजान महिनामा सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ। दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न साँझ चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ।शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

प्रकाशित : वैशाख १३, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्