कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बनेपामा यसरी बनाइदैछ फेस मास्क [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — बनेपास्थित क्रिएटिभ सिलाई तालिम केन्द्रमा ६ जना महिलाहरु मास्क बनाउँदै आएका छन्  । उनीहरु मेसिनबाट मास्क सिलाइ रहेका छन् । कटनको कपडा र ब्यान्डिङ प्लास्टिकको सहयोगमा मास्क तयार पारिएको छ ।

मास्कको मूल्य ज्यालासहित जोड्दा ८५ रुपैयाँ पर्न आउँछ । उनीहरुले दुई दिनमा दुई सय पिस मास्क तयार पारेका छन् ।

कन्द्रमा कार्यरत शारदा नेपालीका अनुसार मास्कलाई आवश्यक पर्ने सबै कपडाहरु काटेर राखिएको र तिनैलाई जोडेर सिलाउने गरिन्छ । यहाँबाट उत्पादन हुने मास्क अस्पताल र क्वारेन्टाइनहरुले लैजाने गरेका छन् ।

सामान्य मास्कभन्दा यो केही फरक छ । यसले मुखसँगै अनुहारलाई पनि सुरक्षित बनाउँछ । सर्जिकल तथा धुन मिल्ने मास्क लगाएपछि यो मास्क लगाउँदा झनै सजिलो हुन्छ । यो मास्क पुनः प्रयोग गर्न सकिन्छ । मास्कसँगै टोपीले कान र टाउकोलाई सुरक्षित बनाउँछ भने मास्कले अनुहारका सबै भागलाई सुरक्षित राख्नेछ ।

प्रकाशित : वैशाख ७, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्