कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूलैफूलको मौसम [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सरकारले लकडाउन गरेको आइतबार २७ दिन भएको छ । सडकमा सवारी साधनको आवागमन कम भएपछि उपत्यकाको वायुमण्डलको गुणस्तर पनि बढेको छ । त्‍यसमाथि वसन्त ऋतुको आगमनसँगै पालुवा पलाउन थालेको छ । मौसमी फूलले काठमाडौं रंगिएको छ ।

आइतबार पाटन, काठमाडौंको सर्वोच्च अदालत ,नेपाल औषधी लिमिटेड र सिंहदरबार परिसरमा फुलेको फूलले काठमाडौं को सौन्दर्य अझ मनमोहक देखिएको छ ।


प्रकाशित : वैशाख ७, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्