१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लकडाउनमा किसान खेतबारीमै [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कोभिड १९ को जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउन शुक्रबार २४ औं दिन पुगेको छ । छिमेकी भारत लगायत मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले नेपालमा लकडाउनलाई कडा पार्दै गएको छ । गत चैत ११ देखि सुरु लकडाउनका कारण राजमार्ग, सहरी क्षेत्र ठप्प छ । जसले गर्दा ज्याला मजदुरी गर्नेहरु सबभन्दा बढी मारमा परेका छन् । तर यही बेला ग्रामीण भेगका किसान भने लकडाउनको पर्वाह नगरी दिनहुँ काममा खटिरहेका देखिन्छन् । किसानहरु चैतेधान रोपाइँ, तरकारीबारीको खनजोत, स्याहारसुसार र लेकाली क्षेत्रमा मकै गोड्ने लगायतका कामको चटारोमा छन् । हेर्नुहोस् धादिङका किसानका केही तस्बिर

प्रकाशित : वैशाख ५, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्