१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पैदलै घर फर्कनेको लर्को [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — कोभिड १९ को संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउन बढ्दै गएपछि काठमाडौं उपत्यकाबाट मजदुरहरु घन्टौंको बाटोमा हिँडेरै घर फर्किरहेका छन् । फेरि पनि लकडाउन बढ्ने अनुमान गर्दै झन्डै ५० हाराहारीमा मजदुहरु आइतबार थानकोट हुँदै बाँके, बर्दिया र कञ्‍चनपुर तर्फ लागेका छन् । हातमा र काँधमा झोला बोकेकाहरु विभिन्‍न समूहमा पैदल हिँडेका थिए । सरकारले पछिल्लो समय एक साता थपेको लकडाउन वैशाख ३ गतेसम्म जारी रहने छ । भारतमा संक्रमणको अवस्था र नेपालमा संक्रमित संख्याको मूल्यांकन गरी सरकारले लकडाउन बढाउने तयारीमा सरकार छ ।

प्रकाशित : चैत्र ३०, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्