१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एयरपोर्टमा स्वदेश फर्किँदै गरेका बेलायती [तस्बिरहरु]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि नेपालमा लकडाउन जारी रहेको बेला बेलायती नागरिक स्वदेश फर्किएका छन् । झन्डै १ सय ५० भन्दा बढी बेलायती बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । उनीहरु टाइटन एयरबाट गएका हुन् । बेलायती दूतावासले आफ्‍ना नागरिक र बेलायतमा काम गरिरहेका नेपालीलाई फर्कन आग्रह गरेको थियो । लकडाउनकै बीचमा नेपालबाट विदेशीहरु फर्किरहेका छन् । लकडाउनको अवधिमा यसअघि दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् ।

प्रकाशित : चैत्र २६, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्