कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संसारका विभिन्‍न ठाउँबाट देखिएको सन् २०२० कै ठूलो चन्द्रमाका दृश्य

एजेन्सी

काठमाडौँ — यस वर्षको सबैभन्दा चम्किलो र ठूलो चन्द्रमा मंगलबार राति देखिएको छ । कोरोनाभाइरसका कारण विश्वव्यापी रुपमा लकडाउनमा भइरहेको समयमा सहरका विभिन्‍‍न स्थानहरुमा सुपरमून देखिएको हो । न्युयोर्कको एम्पायर स्टेट बिल्डिङ र मंगलबार राति देखिएको पूर्ण चन्द्रमा(पहिलो तस्बिर)

क्रोएसियाको राजधानी जाग्रेबको जाग्रेब चर्चनजिकैबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

अरुबेलाभन्दा सुपरमून केही ठूलो र चम्किलो देखिन्छ । पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पृथ्वीको केही नजिक हुँदा सुपरमून देखिन्छ । मंगलबारको पूर्ण चन्द्रमा अन्य दिनको चन्द्रमाको तुलनामा ७ प्रतिशत ठूलो र १५ प्रतिशत चम्किलो देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यस वर्ष मार्चमा पनि सुपरमून देखिएको थियो ।

बेलायतको माउ कोप गाउँबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

अप्रिलमा देखिने पूर्ण चन्द्रमालाई पिंक मूनले समेत चिनिन्छ । उत्तरी अमेरिकाका आदिवासी समुदायहरुले अप्रिल महिनामा देखिने चन्द्रमालाई पिंक मुन भन्ने गर्छन् । अप्रिलमा यस बेला पिङ रंगको फूल फुल्ने भएकाले उनीहरुले पूर्ण चन्द्रमाको नाम पनि पिंक राखिदिएका हुन् ।

रुसको सेन्ट पिटर्सबर्गबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

लन्डनको ग्रिनविचस्थित रोयल अब्जर्भेटरीका अरु बेलाको तुलनामा पृथ्वीबाटको दूरीबाट १० प्रतिशतले नजिक देखिने चन्द्रमालाई सुपरमून भनिन्छ ।

लन्डनबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

फ्रान्सको वोल्क्सिमबाट देखिएको दृश्य तस्बिर :' रोयटर्स

युक्रेनको किभबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

लन्डनबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

दुबईको बुर्ज खलिफा टावर र पछाडि देखिको पूर्ण चन्द्रमा तस्बिर : रोयटर्स

बहराइनको मनामा ट्रेड सेन्टर पूर्ण चन्द्रमा तस्बिर : रोयटर्स

बर्लिनबाट देखिएको दृश्य तस्बिर : रोयटर्स


प्रकाशित : चैत्र २६, २०७६ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्