१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नगरी काम, पुग्दैन खाना... [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

भक्तपुर — कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले देशव्यापी गरेको लकडाउनले आज (मंगलबार) १५ दिन पुगेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन आगामी वैशाख ३ गतेसम्म पुर्‍याउने निर्णय गरिसकेको छ । लकडाउन बढेसँगै सर्वसाधारणको दैनिकी दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । सबैभन्दा बढी समस्या ज्याला गरी खानेहरुलाई परेको छ ।

आम्दानी भनेजस्तो छैन तर महँगी बढेको बढै छ । यस्तै पीडामा छन् भक्तपुरका इँटाभट्टामा काम गर्ने मजदुरहरु । 'लकडाउनले गर्दा अहिले पहिलेको जस्तो आम्दानी छैन, नयाँ इँटा बनाउने काम बन्द भएको छ, काँचो इँटा अब चार/पाँच दिनमा सकिन्छ त्यसपछि हामी के गर्ने ? भक्तपुर दुवाकोटस्थित इँटाभट्टामा कार्यरत दाङकी ४४ वर्षीया पूर्णी राना मगरले चिन्ता सुनाइन् । 'घर जान पनि सकिँदैन, यहाँ बस्न गाह्रो भइसक्यो' उनले भनिन् ।

प्रकाशित : चैत्र २५, २०७६ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्