कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ठप्प छ विराटनगर [फोटोफिचर]

जितेन्द्र साह

विराटनगर — सामान्य परिस्थितिमा झिसमिसेदेखि नै चहलपहल हुने महानगर विराटनगरको शनिमन्दिर चोक मंगलबार बिहान सुनसान थियो । तीन साता लामो लकडाउनको १५ औं दिन मंगलबार बिहान महानगरको सडक एवं बजारहरुमा फाटफुट पैदल र साइकल यात्रु मात्र देखिन्थे । स्थानीय प्रहरी प्रशासनले बिहानसाँझ हल्का खुकुलो छाडेको यहाँको मुख्य तरकारी मन्डी गुन्द्री हाटमा पनि उपभोक्ता थिएन । ‘अहिले यहाँका तरकारी घरघरै पुग्ने हुनाले भीड हुन छाड्यो,’व्यवसायी नारायण भगतले भने ।

मुख्य सडक एवं जलजला मार्गमा मान्छे भेटाउनै कठिन थियो । औषधि एवं पत्रिका पसलमा नगन्य उपस्थिति । सामान लिएपछि स्थानीय खुरुखुरु घरतिर लागिरहेका थिए ।

घोघापुल चोक, विराटनगर–रंगेली मुख्य मार्ग, राष्ट्र बैंक, ब्लड बैंक, प्रदेश संसद् भवन र सामाजिक विकास मन्त्रालयलगायत रहेको देवकोटा चोक पनि उदास देखिन्थ्यो । अरु बेला यी थलो आइपुगिने बाटोहरुमा बाक्लै आउजाउ हुन्छ । ‘औषधि, दूध, अन्न, मासु, दाल, चिनी, नुन र तरकारी किन्‍ने मात्र निस्कन्छन्,’स्थानीय युवा किराना व्यवसायी सन्तोष पोखरेलले भने । चाँडै सुती सबेरै उठेर डुल्नु र व्यायाम गर्नु अधिकांश विराटनगरवासीको बानी भएको औषधि व्यवसायी बबलु ठाकुरले बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्