खानाको खोजीमा पशुपति पुग्छन् मजदुर [तस्बिरहरु]

मकर श्रेष्ठ

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट जोगाउन सरकारले जारी गरेको लकडाउन शनिबार १२ दिन पुगेको छ । यसबाट प्रत्यक्ष मार गरिखाने र निम्न आय भएका वर्गमा परेको छ । कोठामा खाना सिद्धिएपछि उपत्यकाका विभिन्न स्थानबाट मजदुर खानाको खोजीमा पशुपति क्षेत्रमा पुगिरहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या शनिबार ३ जना थपिएसँगै ९ पुगेको छ । दोस्रोपटक लकडाउनको अवधि थपेर चैत २५ गते रातिसम्म पुर्‍याइएको छ ।

प्रकाशित : चैत्र २२, २०७६ १७:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्वास्थ्य सचिवले पूर्वसचिव उपाध्यायलाई भने, ‘तपाईजस्तो अपराधी म होइन’

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई ‘अपराधी’ भनी आरोप लगाएका छन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचारसँगै पूर्वसचिव उपाध्यायले कोइरालाविरुद्ध ट्विट लेखेपछि जवाफमा स्वास्थ्यसचिव कोइराला क्रुद्ध बनेका हुन् ।

पूर्वसचिव भीम उपाध्यायले आफ्नो हृयाण्डलबाट एउटा ट्विट गरेका थिए । बिहान पौने १० गते गरेको ट्विटबाट उनले स्वास्थ्य सामग्री खरिदमा संलग्नहरु पदमुक्त हुने दावी गरेका थिए । उनले ट्विटमा भनेका थिए, ‘भोलि आईतबारसम्म विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव यादव कोईराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ पदबाट हटे भने भने अचम्म नमान्नु होला । नभए होलसेलमै पदमुक्त हुन बाध्य हुनसक्छ ।’

त्यसको जवाफमा एक घण्टापछि स्वास्थ्य सचिव यादव कोइरालाले उपाध्यायमाथि आक्रोश पोखेका छन् । उनले पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी आयोजनाको अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिएका छन् । उनले ट्विटमा भनेका छन्, ‘भीमजी, मेलम्चीमा यहाँले भ्रष्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो । हेक्का रहोस्, अपराधीले अरुलाई पनि अपराधी नै देख्छन् । म देश र जनताको नोकर हुँ । तपाईजस्तो अहंकारी अपराधी होइन । म अपराधी र देशद्रोही होइन, फेरि पनि हेक्का रहोस् । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।’



चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय हुँदा स्वास्थ्य सेवा विभागबाट तयार भएको प्रस्ताव स्वास्थ्य सचिव कोइराला हुँदै मन्त्री भानुभक्त ढकालबाट अनुमोदन भएको थियो । तर, विवाद हुनसक्ने भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ र सचिव कोइरालाले प्रस्ताव मन्त्रिपरिषदबाट अनुमोदन गर्न सल्लाह दिएको स्रोतले बतायो । पूर्वसचिव उपाध्यायले यही पृष्ठभूमिलाई जोडेर सचिव कोइराला लगायतको नाम लेखेका हुन् ।

विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका उपाध्याय नेपाल ट्रष्टको कार्यालयबाट अवकाश भएका हुन् । हालै सचिव भएका कोइरालाले भने स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । कोइराला ‘गृह प्रशासन’का क्याडर हुन् भने उपाध्याय इञ्जिनियरिङ समूहका हुन् ।

प्रकाशित : चैत्र २२, २०७६ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×