पाटनमा स्थानीयको गस्ती [तस्बिरहरु]
काठमाडौँ — कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले मुलुकभर घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न पाटनको भित्री टोलमा आगन्तुकहरुलाई प्रवेश निषेध गरिएको छ । जथाभावी आउजाउले संक्रमणको जोखिम बढ्न सक्ने भयले स्थानीयले बाटो बन्द गराएका छन् ।
बाहिरबाट कोही मानिस गाउँ प्रवेश गर्न सक्छन् भनेर उनीहरुले आफैं ड्युटी गरेका छन् । दैनिक ३ जना विभिन्न समयमा आगन्तुक आउन नदिनका लागि बाटोमै खटिएका छन् । बाटोमा अनावश्यक तरिकाले हिँड्डुल गरेमा जनकारबाही गरिने, प्रवेश निषेध, टोल टोलमा जम्मा नहुन लगायत चेनावतीसहित बोर्ड सडकमा राखिएका छन् । लकडाउन सुरु भएदेखि नै उनीहरुले गस्ती गर्दै आएका हुन् ।
प्रकाशित : चैत्र २०, २०७६ १८:४५