१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लकडाउनमा पनि पशुपतिमा सन्ध्याकालीन आरती [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — पशुपतिमा हरेक साँझ हुने आरतीमा पनि लकडाउनको प्रभाव परेको छ । अरु बेला आरतीमा भक्तजनहरुको भीड लाग्ने गर्दथ्यो । अहिले आरती चलिरहे पनि भक्तजनहरुको न्यून उपस्थिति छ । साधारणतया आरती पूजामा पुजारीसहित १२ जना र सांकृतिक टोली हुने गरेकोमा अहिले हरेक दिन ३ जनाले आलोपालो पूजा गरिरहेको आरती सेवा समितिका कोषाध्यक्ष नारायण पौडेलले बताए । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन भन्दै सरकारले २५ चैत मध्यरातसम्म लकडाउनको जारी गरेको छ ।


प्रकाशित : चैत्र १९, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्