सुनसान उपत्यका [तस्बिरहरु]

दिपेन्द्र रोक्का

काठमाडौँ — कोभिड–१९ को जोखिम रोकथामका लागि सरकारले देशभर लकडाउन गरेपछि मानिसहरुको चहलपहलमा कमी आएको छ । पसलहरु बन्द छन् । सडकमा सुरक्षाकर्मी मात्र भेटिन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार १ हजार ६० मानिसहरुको नमुना परीक्षणमा ५ जनामा मात्रै कोरोना पोजिटिभ भेटिएको छ । 

सरकारले भाइरसबाट बच्न सर्वसाधरणहरुलाई घरमै बस्न र सामाजिक दूरी कायम राख्न आग्रह गरेको छ । यी तस्बिरहरु लकडाउनको आठौं दिन उपत्यकाका काठमाडौं र ललितपुरमा खिचिएका हुन् ।

प्रकाशित : चैत्र १९, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्