१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लकडाउनमा शान्त सिंहदरबार [फोटो फिचर]

फणीन्द्र संगम

काठमाडौँ — सधैं व्यस्त भिडभाड रहने देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार समेत यतिबेला सुनसान र शान्त छ। मंगलबार दिउँसो यहाँ पुग्दा मन्त्रालयभित्रकै सवारीमात्र सीमित रुपमा प्रवेश गरिरहेका थिए। धेरैजसो सवारी कार्यालय अघिल्तिर पार्किङ गरेर राखिएका छन्। सरकारले लकडाउन लागू गरेपछि प्रशासनिक कामकाज ठप्प छन्। यद्यपि केही मन्त्रालयमा भने फाट्टफुट्ट कर्मचारी देखिए। सुरक्षाकर्मीहरु आफ्नो ड्युटीमा सधैंझैं खटिएका थिए। सिंहदरबारभित्रै रहेको रेडियो नेपालका कर्मचारी र पासको सुविधा पाएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ। यद्यपि प्रवेशमा सधैंझैं कडाइ गरेको पाइएन।

प्रकाशित : चैत्र १८, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्