३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोनाले खल्लो चैती छठ [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — चैती छठको रौनक गत शनिबारदेखि सुरु भएको पनि यसवर्ष पोहोरपरारको जस्तो रमाइलो भएन । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण यस वर्षको चैती छठको पूजा धेरैले घरभित्रै बसेर गरे ।

वीरगन्ज, जनकपुर, राजविराजमा गत वर्षहरुका धुमधामसँग चैती छठ मनाइने गरे पनि लकडाउनका कारण यस वर्ष भने घरभित्रै व्रत बस्ने पूजाआजा गरी मनाइएको छ । काठमाडौंको गौरीघाटमा भने मंगलबार चैती छठको पूजाआजाका लागि केही व्रतालु जम्मा भएका थिए । गत शनिबार नहाय-खायसँगै सुरु भएको यो पर्वको दोस्रो दिन आइतबार षडना थियो भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्