घर फर्किए कामदार [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राजधानीको माइतीघरस्थित एक घरको निर्माण कार्यमा संलग्‍न मजदुरहरु घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयको पास लिएर उनीहरु आफ्‍नो घर बर्दिया फर्किएका हुन् । लकडाउनको कारण उनीहरु घर फर्कन पाइरहेका थिएनन् । उनीहरु २९ जना प्रशासनको पास लिएर गाडी रिजर्भ गरेर सोमबार घर फर्किए ।


प्रकाशित : चैत्र १७, २०७६ १७:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विश्‍वप्रकाश शर्माको लकडाउन डायरी : रुटिनमा चल्छ घर

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफैद्वारा  रचित ‘माया गरौं मान्छेले मान्छेलाई’ बोलको गीत बजारमा ल्याए। गीतमा प्रमोद खरेल र शीतल मोक्तानले आवाज दिएका छन्। उक्त गीतको सार छ, मान्छेभन्दा पर अर्को चिज पनि छ– प्रकृति।


कोरोना भाइरस संक्रमणले विश्वलाई गाँजिरहँदा मान्छे बन्धक भएको छ। तर मान्छेबाहेक सबै चिज स्वतन्त्र छन्। त्यसैले उनी भन्छन्, 'मान्छेले मान्छेलाई र सारा प्रकृतिलाई माया गरौं।'

लकडाउनको एक साता बित्दै गर्दा शर्माले आफू र परिवारका सबैलाई नयाँ परिवेशअनुसार जिउन अभ्यस्त बनाएका छन्। पार्टीको नियमित काममा सधैं व्यस्त रहनुपर्ने शर्माको दैनिकी कसरी बित्दै छ? कान्तिपुरका कुलचन्द्र न्यौपानेसँग उनले आफ्नो अनुभव यसरी सुनाए:

श्रीमती, छोरीछोरी र म समेत ४ जना ललितपुरको बागडोलस्थित डेरामा बस्छौं। पहिला सुत्ने समय नियमित थिएन। प्रायः ११ बज्थ्यो। हिजोआज राति १० बजे सुत्छौं। बिहान ५ बजे उठ्छौं। लकडाउनका बेला कसैलाई बोर नहोस् भनेर घरमा रुटिन बनाएका छौं। छोरी स्वीकृतिले पारिवारिक रुटिनको ५ मिनेटको भिडियो बनाएर पोस्ट गरेकी छिन्। उनी ९ र भाइ १ कक्षामा पढ्छन्। ट्याब धेरै नचलाऊ, टीभी धेरै नहेर भनिरहनु पर्दैन। रुटिनले उनीहरुलाई अभ्यस्त बनाएको छ।

बच्चाबच्चीलाई यो गर, उ: गर भनिराख्नै पर्दैन। यसले रमाइलो पनि हुन्छ, सँगै लकडाउनका बेला कसरी दिन बिताउने भन्ने चिन्ता पनि हुन्न।

बिहान फ्रेस भएपछि हाम्रो दैनिकी सुरु हुन्छ। म आँगनमै करिब २ किमि हिँड्छु। बच्चाबच्ची कम हिँड्छन्। स्केटिङ खेल्ने, योगा गर्ने सबै सँगै गछौं। कतिबेला खाना/खाजा खाने? मोबाइल/टीभी हेर्ने, टिकटक बनाउनेदेखि गीतको रियाज र अध्ययन गर्नेसम्मको रुटिन छ।

श्रीमतीलाई धुलोको एलर्जी भएकाले घरको सफाइ गर्ने पनि मेरो जिम्मेवारीमा छ। कोठा, बरण्डा दैनिक सफा गर्छु। खाएको थाल आफै माझ्छु। आम रुपमा आमा, भाउजू, श्रीमतीलाई घरमा कामको बोझ बढी छ। यो बेला सबैले यसरी नै सहयोग गर्न सिकियो भने पछिका लागि पनि अभ्यस्त बन्न सघाउँछ। हाम्रो घरमा कमिटी पनि छ। दिनहुँ माइन्यूट हुन्छ।

बेलुका ८ बजेदेखि ९ बजेसम्म श्रीमती र छोराछोरीको संगीत कक्षा सुरु हुन्छ। उनीहरु एक घन्टाजति रियाज गर्छन्। लकडाउन अघिसम्म शनिबारका दिन प्रभुराज ढकालबाट संगीत कक्षा नै लिन्थे। अहिले घरमा मात्रै सीमित छ।

कोरोनाको महमारीबाट बच्न हामीसँग लकडाउनबाहेक अर्को विकल्प छैन। अझै कति समय जाने हो निश्चित छैन। यस्तो बेलामा हरेक परिवारले आफ्नो एकान्तवासको जीवनशैलीलाई अभ्यस्न बनाउन र बच्चाबच्चीलाई मनोवैज्ञानिक असर पर्न नदिन यस्तो रुटिन आवश्यक पनि छ।

घरमा बसे पनि पार्टीको प्रवक्ता र प्रचार विभागको प्रमुख भएकाले म सक्रिय नै हुनुपर्छ। हाल टेलिफोनबाट पार्टीका सबै काम गरिरहेको छु। पार्टीको विज्ञप्ति, गतिविधि र नियमित सम्पर्कमा खटिनुपर्छ। अनौपचारिक रुपमा मेरो नेतृत्वमा प्रचार विभागको टिम बनेको छ। पूर्वका राईदेखि, पश्चिमका मगर, मधेसी, मुस्लिम, इन्जिनियर, पत्रकार सबै साथीलाई समेटेर २०/२२ जनाको टिम बनाएको छु। लकडाउनका कारण घोषणा हुन नसके पनि अनौपचारिक तहमा यसले काम थालिसकेको छ। अहिले नियमित सम्पर्कमा हामी बस्छौं। पार्टीका गतिविधि र सूचना सम्प्रेषण गर्ने नेटवर्किङको काम यसले गरेको छ। छोराछोरीले बनाएको पारिवारिक रुटिनमा पार्टीको कामका लागि मलाई छुट दिने व्यवस्था मिलाएका छन्।

कोरोना भाइरसको संक्रमणबाट जोगिन आज आम नेपाली सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै आएका छन्। तर, सरकारको गति भने सुस्त छ। सामान्य अवस्थामा जस्तै सरकारले काम गरिरहेको छ। चीनले देखाएको सफलता र अन्य केही मुलुकले गरेको हेलचेक्र्याँका कारण आज जे जस्ता परिणति भोग्नुपरेको छ, त्यसबाट शिक्षा लिएर सरकारले युद्धस्तरमा काम गर्नुपर्थ्यो। तर, सकिरहेको छैन। अहिलेसम्म स्वास्थ्यकर्मीले पीपीई नपाउने अवस्था लाजमर्दो छ। हाम्रा महामन्त्री शशांक कोइरालाले यस विषयमा विज्ञप्तिमार्फत नै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। समयमै एयरपोर्ट र सीमा क्षेत्र लक हुन सकेन। सामान खरिद प्रक्रियामा प्रशस्त अनियमिताका गुन्जायस छन्। तर, यो अवस्थामा सरकारलाई सहयोग गर्छौं, आलोचना पछि गर्दै गरौंला। पार्टीले सबैको आवाज र भावना राख्दै आएको छ। सरकारलाई सुझाव, दबाब र सहयोग गर्दै आएको छ।

घरको काम, बच्चाबच्चीसँग रमाउने र राजनीतिक कर्मबाहेक पढ्न नभ्याएका केही पुस्तक अघि बढाउने सोचमा छु। अध्ययनको समयमा मेराअघि तीन वटा पुस्तक छन्। ती सबै विदेशी लेखकका पुस्तक हुन्। अहिले म हार्वर्ड युनभर्सिटीका पोलिटकल साइन्टिस्ट स्टिभन लेभित्स्की र डानियल जिब्ल्याटले सन् २०१८ मा लेखेको 'हाउ डेमोक्रेसिस डाई' अध्ययन गर्न थालेको छु। पुस्तकको सार छ, प्रजातन्त्र कुनै सैनिक तानाशाहबाट खतरा छैन, खतरा छ त प्रजातान्त्रिक प्रक्रियामा आउने नेताबाटै।

प्रकाशित : चैत्र १७, २०७६ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×