नेपाल प्रहरी अस्पताल पनि कोभिड-१९ उपचारका लागि तयार [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — विश्व महामारी कोभिड-१९ को उपचारका लागि नेपाल प्रहरी अस्पतालले पनि तयारी गरेको छ । चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन गर्ने निर्णय गरेसँगै २७ हजार ८ सय प्रहरी त्यसलाई लागू गर्न हरेक दिन फिल्डमा खटिने गरेका छन् । यस्तोमा उनीहरुमा संक्रमण देखिएको खण्डमा उपचारका लागि नेपाल प्रहरीले आफ्नै अस्पतालमा तयारी गरेको हो । अस्पतालमा ४५ वटा क्वारेन्टाइन टेन्ट तथा ६ वटा आइसोलेसन अब्जर्भेसन बेड र ५ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । त्यहाँ भर्ना हुने हरेक बिरामीका लागि छुट्टै शौचालयको समेत व्यवस्था मिलाइएको छ । यहाँ क्वारेन्टाइनका लागि राखिएका टेन्टहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप व्यवस्थित रहेको बताइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्