३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

शान्त र सफा काठमाडौं उपत्यका [तस्बिरहरु]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउन शनिबार पाँचौं दिन । काठमाडौं उपत्यकासहित मुलुकभर बाहिरी गतिविधि प्राय: सुनसान छ । सवारी साधनको बढ्दो चापले प्रदूषित उपत्यका यतिबेला भने शान्त र सफा देखिएको छ । अत्यावश्यकबाहेक गाडी गुड्दैनन् भने एकाध मानिसमात्रै सडकमा निस्कने गरेका छन् । तिनीहरुलाई सडकमा खटिएका सुरक्षाकर्मीले क्षणभर बस्न दिँदैनन् । मौसम पनि शनिबारदेखि खुलेको छ । ललितपुरको शान्तनेश्वर महादेव मन्दिरबाट लिएको उपत्यकाका तस्बिरहरु ।

प्रकाशित : चैत्र १५, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्