कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जामेको जुम्मा नमाज [तस्बिरहरु]

अब्दुल्लाह मियाँ, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — कोभिड १९ को सम्भावित संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेपछि राजधानीको केन्द्रमा रहेका दुई मस्जिद नेपाली जामे र कश्मिरी तकियामा सीमित व्यक्तिबीच जुम्मा नमाज (शुक्रबारे प्रार्थना) भएका छन् ।रत्नपार्कस्थित् नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समीमले नमाज पढ्नुअघि मस्जिद परिसरमा किटनाशक औषधि छर्किएका थिए । इतिहासमै पहिलो पटक अघिल्लो शुक्रबार र आजको शुक्रबार जुम्मा नमाजमा सर्वसाधरणले सहभागिता जनाउन पाएनन् ।

मस्जिद भित्र रहेका ७/८ जनाबीच मात्र जुम्माको नमाज पढिएको अध्यक्ष समीमले बताए । जामे मस्जिदमा एमाम (धर्मगुरु) मोहम्मद मन्सुरले नमाज पढाएका थिए । हरेक शुक्रवार जुम्माको नमाज पढ्द राजधानीका सबैजसो मस्जिदमा मुसलमानको भींड हुन्थ्यो । राजधानीसहित देशका अन्य भागका मस्जिदमा पनि सामुकि नमाजमा रोक छ । तर मस्जिदमा ५ पटक हुने नमाज भने सीमित व्यक्तिकाबीच जारी छ । मस्जिदमा नमाज कहिल्यै पनि बन्द हुंदैन । तर, आपतकालिन अवस्थामा सीमित व्यक्ति मात्र सहभागी हुन्छन् ।


प्रकाशित : चैत्र १४, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्