कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चकमन्‍न काठमाडौं उपत्यका [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) रोक्‍न सरकारले घोषणा गरेको लकडाउन आज (बिहीबार) तेस्रो दिन । काठमाडौं उपत्यकाका बिहानैदेखि प्राय: स्थान सुनसान छ । सरकारले अस्पताल, खाद्यान्‍न किनबेच, सञ्‍चार तथा सूचना लगायतमा खुकुलो गरे पनि अरु गतिविधि बन्द गर्न भनेको छ । लकडाउन उल्लंघन हुने भन्दै चक्रपथका हरेक चोकमा सशस्त्र प्रहरी र ट्राफ्रिक प्रहरी परिचालित छन् । अघिल्लो २ दिनको तुलनामा बिहीबार मान्छेहरु सडक र चोकहरुमा कम निस्किएका छन् । सरकारले विश्‍वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भन्दै मंगलबार बिहान ६ देखि एक हप्ताका लागि देशव्यापी लकडाउन आह्‍वान गरेको छ । विश्‍वभर कोरोनाबाट अहिलेसम्म २१ हजारको हाराहारीमा मानिसको ज्यान लिइसकेको छ भने लाखौं संक्रमित छन् । कान्तिपुरकर्मी दीपेन्द्र रोकाले लकडाउनको तेस्रो दिन चक्रपथ देखिएको गतिविधि तस्बिरमा कैद गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्