कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी छर्कँदै काठमाडौंमा 'डीस-इन्फेक्टेन्ट' [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकामा 'डीस-इन्फेक्टेन्ट' छर्कन सुरु गरेको छ । महानगरपालिकाले बुधबारबाट विभिन्‍न स्थानमा डीस-इन्फेक्टेन्ट छर्कन सुरु गरेको हो । बुधबार विभिन्‍न ३ ठाउँमा डीस-इन्फेक्टेन्ट छर्किएको थियो । महानगरपालिकाले हजार लिटर पानीमा १० लिटर क्लोरिन हालेर बनाइएको घोल छर्किएको हो । यसका लागि ३ वटा ट्यांकर प्रयोग गरिएका छन् । बिहीबार पनि महानगरपालिकाले यो कार्य जारी राख्‍ने जनाइएको छ ।


प्रकाशित : चैत्र १२, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्