कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

साल्ट ट्रेडिङमा ग्यास र उपभोग्य वस्तु लिनेको भीड [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — कालिमाटीस्थित साल्ट ट्रेडिङ सेन्टरमा सुपथ मूल्य पसलमा सर्वसाधरणाहरुको भीड लागेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै बजारमा अभाव हुन सक्‍ने भन्दै सरकारले उपत्यकाका विभिन्‍न स्थानमा सुपथ मूल्य पसल सञ्‍चालनमा ल्याएको हो । साल्ट ट्रेडिङबाटै एसटीसी ग्यासले रिटेल काउन्टर खोलेर ग्यास बिक्री गरिरहेको छ ।

गत बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्ति मन्त्री लेखराज भट्टले साल्ट ट्रेडिङले उपत्यकाका ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने बताएका थिए । आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएपछि ग्यास उद्योग संघले काठमाडौंका विभिन्‍न विक्रेता मार्फत् आइतबारदेखि २२ ठाउँमा ग्यास बिक्री गरिरहेको छ । २२ ग्यास ब्राण्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गरिरहेका हुन् ।

प्रकाशित : चैत्र ९, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्