१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता इकान्तिपुरमा कोरोनासँग सम्बन्धित तस्बिर धेरै छापिए । कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ । यो साता सेनाले निर्माण गरेको क्वारेन्टाइन,मिर्गौला प्रत्यारोपणपछि सार्क मुलुकहरुबीचको भिडियो कन्फरेन्समा सहभागी हुने जाँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरले पनि प्राथमिकता पाए । कोरोना संक्रमणको जोखिम बढेसँगै मस्जिदमा एक्लै प्रार्थना गर्दै गरेका व्यक्तिको तस्बिर पनि रुचाइयो । यस्तै, मालपोत कार्यालयमा सेवाग्राहीको भिड,कोरोना सम्बन्धी निर्माण गरिएको चेतनामूलक चित्र हेर्दै गरेका विद्यार्थीको तस्बिरले पनि प्राथमिकता पाएको थियो ।

कोरोना संक्रमणबाट जोगिन अनिवार्य मानिएको मास्कको प्रयोग गर्न ललितपुरको जावलाखेलमा बनाइएको सन्देशमूलक चित्र हेर्दै विद्यार्थी । तस्बिरः दीपक केसी

यातायात व्यवस्था विभाग एकान्तकुना, मालपोत कार्यालय लगनखेलमा जम्मा भएका सेवाग्राही । सरकारले २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएपनि सरकारी कायलयमै भने सेवाग्राहीको बाक्लो उपस्थिती छ । तस्बिरः प्रकाशचन्द तिमिल्सेना

गोंगबुस्थित नयाँ बस पार्कबाट घर फर्कने क्रममा अभिभावकलाई ‘बाइ बाइ’ गर्दै बालिका । तस्बिरः अंगद ढकाल

कोभिड १९ को प्रकोपबाट बच्नका लागि पूर्व तयारी स्वरुप सेनाले बनाएको टेन्टमा पूर्व अभ्यास गरिदै । पूर्व अभ्यासनका क्रममा पञ्जा लगाउनेदेखि उपचार गर्ने तरिकासमेत देखाइएको थियो । तस्बिरः इलिट जोशी

कोभिड–१९ को संक्रमणको जोखिम बढेसँगै सुनसान बनेको त्रिभुवन विमानस्थल । सरकारले अनअराइभल भिसा वैशाख १८ सम्म बन्द गर्नुका साथै कोरोना प्रभावित मुलुकहरुमा सरकारले उडानमा प्रतिबन्ध लगाएसँगै विमानस्थल सुनसान बनेको हो । तस्बिरः अंगद ढकाल

सार्क सहकार्य भिडियो कन्फरेन्समा सहभागिता जनाउन प्रधानमन्त्री कार्यालय जाँदै प्रधानमन्त्री केपी शर्मा ओली । मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ भिडियो कन्फरेन्समा सहभागी हुन प्रधानमन्त्री कार्यालय गएका थिए । तस्बिरः दीपक केसी


प्रकाशित : चैत्र ८, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्