२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पेट्राेल पम्पमा घन्टाैं लाइन [तस्बिरहरु]

तस्बिर: अंगद ढकाल, दिपेन्द्र रोक्का

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व बजारमा इन्धनको मूल्य घटेसँगै सरकारले सोमबार मध्यरातिदेखि लागू हुनेगरी इन्धनको मूल्यमा २ रुपैयाँ घटायो । इन्धनको मूल्य अझ घट्‍न सक्‍ने भन्दै पेट्रोल पम्पहरुले पेट्रोल नझिकाउँदा बजारमा त्यसको प्रभाव देखिन थालेको छ । राजधानीका पेट्रोल पम्पहरुमा सर्वसाधरणहरु घन्टौंसम्म लाइनमा बस्‍न बाध्य भए ।

पेट्रोल पम्प व्यवसायीले भने कोरोना सन्त्रासका कारण सर्वसाधणले पेट्रोल सञ्चय गर्न थालेपछि पम्पहरुमा भीड लागेकाे बताए । आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मंगलबारको संयुक्त अनुगमनमा पम्प सञ्चालकहरुले पेट्रोलको मूल्य १५ रुपैयाँसम्म घट्ने हल्ला चलेका कारण घाटा हुने देखेर निगमको डिपोबाट इन्धन उठाउन नसकेको बताए । निगम र विभागले भने भारतबाट नियमित भन्दा बढी इन्धन आइरहेको हुँदा सर्वसाधरणलाई नआत्तिन आग्रह गरेका छन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताए ।


प्रकाशित : चैत्र ४, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्