कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चोरी भो चोरी भो, के चोरी भो ? पशुपतिको फूलै चोरी भो !

तस्बिर : अंगद ढकाल

काठमाडौँ — महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रमा सजाइएका रंगीचंगी फूल सर्वसाधरणहरुले थुतेका छन् । भक्तजनलाई लाइनमा राखिने ठाउँमा विभिन्न आकृतिसमेत बनाएर झकिझकाउ पारिएका फूल शिवरात्रिकाे भाेलिपल्ट शनिबार बिहानै पशुपति पुग्नेहरुले मनलाग्दी झिकेका हुन् । यी फूल भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले सजाएकाे थियाे भने फूल अस्ट्रेलिया र थाइल्यान्डबाट ल्याइएको थियाे ।

प्रकाशित : फाल्गुन १०, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्