१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महाशिवरात्रिकाे पूर्वसन्धामा चम्किएकाे पशुपतिनाथ र बाबाहरु [तस्बिरहरु]

तस्बिर : इलिट जोशी, प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — शुक्रबार देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिलाई शिवजीको जन्मदिनको रूपमा हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउँछन् । काठमाडौंको पशुपतिनाथ, डोलेश्वर, साँगाको कैलाशलगायत देशभर भक्तजनको भिड लाग्छ । कोषले दुई घन्टाभित्रमा दर्शन गर्न सक्ने गरी पशुपतिमा लाइन व्यवस्थापन गरेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । दर्शन सहज गराउन उत्तरढोका, दक्षिणढोका, पश्चिमढोकाबाट भक्तजनलाई दर्शनको व्यवस्था गरिएको छ । महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति मन्दिर परिसर चिटिक्क बनाइएको छ । नागाबाबा, अधोरीलगायतका बाबालाई मन्दिर आएका छन् । शिवरात्रिको पूर्वसन्धामा अघिल्लो राति यस्तो देखियो पशुपतिनाथ मन्दिर परिसर :


प्रकाशित : फाल्गुन ८, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्