फूलले सजाइयो पशुपति (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रलाई रंगीचंगी फूल र बत्तीले सिंगार्न थालिएको छ । भक्तजनलाई लाइनमा राखिने सबै ठाउँमा फूल र बत्ती राखिने भएको हो । भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको छ ।

सजावट गर्न चाहना राखेकाले वैष्णोदेवीलाई कुनै सर्तविना सजावट व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । ‘सबै खर्च उहाँहरूले नै बेहोर्नुभएको हो,’ ढकालले भने, ‘सजाएबापत कोषलाई कुनै आर्थिक भार लाग्दैन।’ भारतको जम्मु कश्मिरमा पर्ने वैष्णोदेवी मन्दिर भारतको सबैभन्दा पुरानो र धनीमन्दिर मध्येमा पर्छ । यो मन्दिरको वार्षिक आम्दानी आठ अर्ब भारतीय रुपैयाँ छ । पशुपति आउने दर्शनार्थीलाई सकारात्मक भाव जगाउन साजसज्जामा विशेष ध्यान दिइएको ढकालले बताए । यहाँ सजाइने फूल अस्ट्रेलिया र थाइल्यान्डबाट ल्याइएको कोषले जनाएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्