कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साताका ७ तस्बिर

यो साता हामीलाई मन परेका सात तस्बिरहरुः
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको मंगलबजारमा तारा व्रत बसेका व्रतालुहरु । बिहीबार एकदिन मात्र व्रत बस्ने नियम अनुसार एकैदिन ७ सय जना व्रत बसेका थिए । तस्बिरः इलिट जोशी

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली पदभार ग्रहण गरेपछि गृह मन्त्रालयबाट बाहिरिँदै । तस्बिरः किरण पाण्डे

बसन्तपुरस्थित बेल विवाह कार्यक्रममा रोइरहेकी आफ्नी नानीलाई सम्झाउँदै अभिभावक । तस्बिरः सन्जोग मानन्धर

राजधानीको माइतीघर मण्डलामा प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी सरकारले विकासका आयोजना अघि बढाएको भन्दै खोकना, बुंगमतीवासी प्रदर्शनमा । उनीहरुले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकना र बुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वाग्मती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको आरोप लगाएका छन् । तस्बिरः बिजु महर्जन

क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि मैदानमा अमेरिकाविरुद्ध खेलमा ५ विकेट लिएपपछि क्रिजलाई चुम्दै नेपालका सन्दिप लामिछाने । तस्बिरः हेमन्त श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारी पुनर्निर्माणको क्रममा रहेको रानीपोखरीको अवलोकन गर्दै । पृष्ठभूमिमा भर्खरै निर्माण सम्पन भएको दरबार हाइस्कुल । तस्बिरः सन्जोग मानन्धर

ट्राफिक लाइटको वास्ता नगरी रातो बत्ती बलेकै बेला राजधानीको नयाँ बानेश्वरस्थित सडक पार गर्दै सर्वसाधारण । २०६५ सालमा अघि नै जापान सरकारकाे सहयोगमा २२ स्थानमा ट्राफी बत्ती र ९ स्थानमा पैदाल यात्रु बत्ती राखिएको थियो । तर समय समयमा मर्मत नहुँदा ती बत्तीहरु बल्न छाडिसकेका थिए । उपत्यकाका मुख्य २२ स्थानमध्ये १२ स्थानहरु अहिले ट्राफिक बत्ती सञ्चालन आएका छन् । ट्राफिक बत्ती सञ्चालनमा आएपछि सवारी साधन तथा पैदाल यात्रुहरु सुविधा हुनुको साटो झन दुविधा थपिएको छ । करिब एक दशकसम्म ट्राफिक बत्तीबिना ट्राफिक प्रहरीको इशारामा हिँड्ने बानी परिसकेका सवारी चालक तथा पैदाल यात्रुले भर्खरै सञ्चालनमा आएको ट्राफिक बत्ती बिर्सिएको पैदाल यात्रु बताउँछन् । तस्बिरः अंगद ढकाल


प्रकाशित : फाल्गुन ३, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्