मास्क लगाएर प्रार्थना गर्दै भिक्षुहरु [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कोरोना भाइरसको प्रकोप फैलिरहँदा अहिले सबै त्रसित छन् । चीनबाट सुरु भएको यो भाइसरबाट विश्वभर ६५ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् । यसबाट बच्‍न अहिले सबैको अनुहारमा मास्क लगाएको भेटिन्छ । शनिबार बौद्ध स्तुपामा जम्मा भएका भिक्षुहरु कोरोना भाइरस संक्रमितको सुस्वास्थ्यको लागि सामूहिक प्रार्थनामा मास्क लगाएर उपस्थित भएका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्