कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मास्क लगाएर प्रार्थना गर्दै भिक्षुहरु [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कोरोना भाइरसको प्रकोप फैलिरहँदा अहिले सबै त्रसित छन् । चीनबाट सुरु भएको यो भाइसरबाट विश्वभर ६५ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् । यसबाट बच्‍न अहिले सबैको अनुहारमा मास्क लगाएको भेटिन्छ । शनिबार बौद्ध स्तुपामा जम्मा भएका भिक्षुहरु कोरोना भाइरस संक्रमितको सुस्वास्थ्यको लागि सामूहिक प्रार्थनामा मास्क लगाएर उपस्थित भएका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७६ १६:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वुहान एयरपोर्ट आइपुगे नेपाली

कान्तिपुर संवाददाता

कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अहिले उनीहरु वुहान एयरपोर्ट आइपुगेको बेइजिङस्थित नेपाल दूतावास स्रोतले जनाएको छ । शनिबार बिहान हुबेईका विभिन्न शहरमा रहेका १८२ नेपालीहरुलाई वुहान एयरपोर्ट जम्मा हुन भनिएको थियाे ।

चीनको हुबेई प्रान्तको वुहान र आसपासका शहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसाे नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उडेको छ।

शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान राति ९ बजे चिनियाँ समयमा वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

वुहानबाट स्थानीय समय अनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।
काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ।

विमानका ककपिट 'क्रू’ लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी क्याबिन 'क्रू' लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।

प्रकाशित : फाल्गुन ३, २०७६ १५:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×