अमेरिकाविरुद्ध सन्दीप र सुसनको कमाल [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । अमेरिकालाई धराशयी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए। अमेरिकाबाट ओपनर जेभियर मार्शलले २२ बलमा २ चौकासहित १६ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्।

प्रकाशित : माघ २९, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्