घरेलु मैदानमा समर्थक ‘बाह्रौं खेलाडी’ [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल, नमिता दाहाल

काठमाडौँ — पहिलोपटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपालका लागि समर्थक ‘बाह्रौं खेलाडी’को भूमिकामा छन् । नेपालको पहिलो खेलदेखि नै त्रिवि मैदानमा दर्शकहरुको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । यसले  क्रिकेट नेपाली दर्शकहरुको समर्थन र समर्पण स्पष्ट पार्छ ।

ZenTravel


प्रकाशित : माघ २६, २०७६ १४:२०

नेपाली खेलाडीले राम्रो बलिङ गरे पनि राम्रो ब्याटिङ गरे पनि मैदानमा गुन्जिने ‘नेपाल... नेपाल...’ को नाराले सबैमा उत्साह जगाइरहेको हुन्छ । मैदान भित्रका खेलाडीलाई थप राम्रो गर्ने उर्जा मिल्छ भने खेल हेरिरहेका दर्शक आफैंमा पनि उर्जा थपिन्छ । नेपाली समर्थकहरु हातमा नेपालको राष्ट्रिय झन्डा, अनुहारमा झण्डाकै आकृति र जर्सी लगाएर त्रिविको मैदानमा जम्मा भएको दृश्य निकै उत्साहप्रद देखिन्छ ।

शनिबार नेपालको सर्पोट गर्न आएका सागर पराजुली भन्छन्, ‘मलाई क्रिकेट एकदमै मनपर्छ । आफ्नै देशमा भएको खेल त लाइभ हेरेर सपोर्ट गर्नुपर्‍यो नि । त्यसैले मैदानमै आएको हुँ ।’ उनी शनिबारको खेलमा कुशलको प्रदर्शनले थप उत्साहित भएको बताउँदै थिए ।

यस्तै मैदानमा भेटभएकी बौद्धकी मनिसा तामाङ् पनि क्रिकेट खुब फलो गर्छिन् । उनी भन्छिन्, ‘पहिले पहिले भारतको क्रिकेट हेरेर मजा लिइन्थ्यो अहिले आफ्नै देशमा खेल हेर्न पाउँदा अति खुसी लाग्छ ।’ 

शनिबार भरिभराउ मैदानमा नेपाली क्रिकेटका फुच्चे फ्यान पनि फेला परे । ७ वर्षका आयुस केसी आफ्ना बुवा बाबुराम केसीसँग क्रिकेट हेर्न आएका थिए । गालामा राष्ट्रिय झन्डाको आकृति बनाएका उनको हातमा भने खेलौना शंख थियो ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सभामुख सापकोटाले भने- 'अदालतमा विचाराधीन मुद्दा संसद्‍बाट निरुपण हुन सक्दैन'

संसद् बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित
जयसिंह महरा

काठमाडौँ — सभामुख अग्‍नि सापकोटाले अदालतमा विचाराधिन मुद्दा संसद्‍बाट निरुपण हुन नसक्‍ने भन्दै सदनमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधिसभामा कांग्रेस सांसदले अवरोध जारी राखेपछि सभामुख सापकोटाले सदन अगाडि बढाएरमात्रै प्रभावकारी हुने बताए। 'यो बैठक अगाडि बढाएरमात्रै प्रभावकारी हुन्छ। संविधानमा अदालतमा विचाराधीन मुद्दा संसद्‍बाट निरुपण हुन सक्दैन भन्ने स्पष्ट व्यवस्था छ' उनले भने, 'तपाईंहरुले उठाउनुभएको मुद्दा संवैधानिक आयोगले अगाडि बढाएको र अदालतमा विचाराधिन मुद्दामा संविधानले स्पष्ट भनेकोले मैले यहाँ बोल्न मिल्दैन। सदन छलफल गर्ने एकमात्र थलो हो।'

सापकोटालेअन्य सांसदले पनि बोल्न चाहिरहेको भन्दै आफूलाई सभामुख निर्वाचित हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको शुभकामना स्मरण गर्ने पनि आग्रह गरे।

संसदीय दलका उपनेता विजय गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुद्दा दायर गरेपछि कांग्रेसले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ। सदनमा धारणा राख्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले अख्तियारले कानुन उपयोग विभेदपूर्ण ढंगले गरेकोमा आफूहरुको आपत्ति रहेको बताए। उनले भने, 'कानुनको नजरमा सबै समान हुन्छन्। हाम्रो नेतालाई कारबाही भयो भन्‍नेमा आपत्ति होइन। विभेदपूर्ण व्यवहारमा आपत्ति हो।

कांग्रेसले बैठकको सुरुमै ढ्याप ढ्यापगरे पनि आज सभामुखले समय दिएन।कांग्रेसले अवरोध गर्न नछाडेपछि संसद् बैठक पर्सि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित : माघ २६, २०७६ १४:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×