कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

घरेलु मैदानमा समर्थक ‘बाह्रौं खेलाडी’ [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल, नमिता दाहाल

काठमाडौँ — पहिलोपटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपालका लागि समर्थक ‘बाह्रौं खेलाडी’को भूमिकामा छन् । नेपालको पहिलो खेलदेखि नै त्रिवि मैदानमा दर्शकहरुको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । यसले  क्रिकेट नेपाली दर्शकहरुको समर्थन र समर्पण स्पष्ट पार्छ ।

नेपाली खेलाडीले राम्रो बलिङ गरे पनि राम्रो ब्याटिङ गरे पनि मैदानमा गुन्जिने ‘नेपाल... नेपाल...’ को नाराले सबैमा उत्साह जगाइरहेको हुन्छ । मैदान भित्रका खेलाडीलाई थप राम्रो गर्ने उर्जा मिल्छ भने खेल हेरिरहेका दर्शक आफैंमा पनि उर्जा थपिन्छ । नेपाली समर्थकहरु हातमा नेपालको राष्ट्रिय झन्डा, अनुहारमा झण्डाकै आकृति र जर्सी लगाएर त्रिविको मैदानमा जम्मा भएको दृश्य निकै उत्साहप्रद देखिन्छ ।

शनिबार नेपालको सर्पोट गर्न आएका सागर पराजुली भन्छन्, ‘मलाई क्रिकेट एकदमै मनपर्छ । आफ्नै देशमा भएको खेल त लाइभ हेरेर सपोर्ट गर्नुपर्‍यो नि । त्यसैले मैदानमै आएको हुँ ।’ उनी शनिबारको खेलमा कुशलको प्रदर्शनले थप उत्साहित भएको बताउँदै थिए ।

यस्तै मैदानमा भेटभएकी बौद्धकी मनिसा तामाङ् पनि क्रिकेट खुब फलो गर्छिन् । उनी भन्छिन्, ‘पहिले पहिले भारतको क्रिकेट हेरेर मजा लिइन्थ्यो अहिले आफ्नै देशमा खेल हेर्न पाउँदा अति खुसी लाग्छ ।’ 

शनिबार भरिभराउ मैदानमा नेपाली क्रिकेटका फुच्चे फ्यान पनि फेला परे । ७ वर्षका आयुस केसी आफ्ना बुवा बाबुराम केसीसँग क्रिकेट हेर्न आएका थिए । गालामा राष्ट्रिय झन्डाको आकृति बनाएका उनको हातमा भने खेलौना शंख थियो ।


प्रकाशित : माघ २६, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्