१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पुनर्निर्माण भइरहेका रानीपोखरीदेखि बसन्तपुर दरबारसम्म राष्ट्रपति [फाेटाे फिचर]

तस्बिर : सन्जोग मानन्धर, रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनर्निर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र बसन्तपुर दरबारसम्मकाे अवलोकन गरेकी छन् । शनिबार बिहानकाे अवलाेकनमा राष्ट्रपतिले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी लिएकी थिइन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी थिए। दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छीसमेत सहभागी थिइन्।

प्राधिरकणले भूकम्प पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या आठ लाख २७ हजार ५५० छ। त्यसमध्य सात लाख ७८ हजार ११७ ले अनुदान सम्झौता गरेका छन्। त्यसमध्ये सात लाख ७० हजार ७३६ ले पहिलो किस्ता लिएका छन्।

प्रकाशित : माघ २५, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्