कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यस्ता छन् नेपाल फोटो प्रतियोगिता २०७६ का विजयी तस्बिरहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७६ मा फोटो पत्रकार नभेष चित्रकारले खिचेको तस्बिर ‘फोटो अफ द इयर ०७६’ घोषित भएको छ । चित्रकारले हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युभन्दा केही पहिले हात हल्लाउँदै बिदा गर्दै गरेको तस्बिर यस वर्षको फोटो अफ द इयर घोषित भएको हो । चित्रकारले उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् । 

न्युज विधाकाे प्रथम । तस्बिर : दिपेन श्रेष्ठ

त्यस्तै सुरज श्रेष्ठको फोटोले नेपाल स्माइल विधामा विजयी भएको छ । डेली लाइफ विधामा गोपेन राई, न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार,स्पोर्टस विधामा विकास द्धारे र फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भएको छ । यसबाहेक दिपेन श्रेष्ठले न्युज विधा, सुबिर थापाले कल्चर एन्ड टुरिजम विधामा जित हासिल गरेका छन् । 

न्युज विधाकाे दाेस्राे । तस्बिर : इलिट जाेशी

त्यस्तैगरी डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए । नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो तथा दिपक बुढाथोकीको फोटो तेस्रो भयो । ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो ।स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो । नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो तथा चन्ऽबहादुर आलेको फोटाहरु तेस्रो भयो ।

न्युज विधाकाे तेस्राे । तस्बिर : केशव थापा

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो । पुरस्कार हस्तान्तरणपछि निर्णायक मण्डलका सदस्य शेखर खरेलले ६ हजार फोटोबाट उत्कृष्ट फोटो छान्न निकै कठिन भएको बताए । पिजे क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगामी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए । उनले ‘सातौं संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हौस्याएको समेत बताए । 

डेली लाइफकाे प्रथम । तस्बिर : गाेपेन राई

डेली लाइफकाे दाेस्राे । तस्बिर : राेबिक उपाध्याय

डेली लाइफकाे तेस्राे । तस्बिर : सुरज ताम्राकार

कल्चर एन्ड टुरिजमकाे प्रथम । तस्बिर : सुबिर थापा

कल्चर एन्ड टुरिजमकाे दाेस्राे । तस्बिर : प्रमिन मानन्धर

कल्चर एन्ड टुरिजमकाे तेस्राे । तस्बिर : राेबिक उपाध्याय

स्पोर्टस विधाकाे प्रथम । तस्बिर : विकास द्वारे

स्पोर्टस विधाकाे दाेस्राे । तस्बिर : सुनिता डंगाेल

स्पोर्टस विधाकाे तेस्राे । तस्बिर : दिनेश गाेले

नेपाल स्माइलकाे प्रथम । तस्बिर : सुरज श्रेष्ठ

नेपाल स्माइलकाे दाेस्राे । तस्बिर : शुलभभक्त श्रेष्ठ

नेपाल स्माइलकाे तेस्राे । तस्बिर : नभेष चित्रकार

नेचर एन्ड वाइल्ड लाइफकाे प्रथम । तस्बिर : नभेष चित्रकार

नेचर एन्ड वाइल्ड लाइफकाे दाेस्राे । तस्बिर : दिपेन श्रेष्ठ

नेचर एन्ड वाइल्ड लाइफकाे तेस्राे । तस्बिर : दीपक बुढाथाेकी

विजयी फाेटाेग्राफर तथा फाेटाे पत्रकारहरु


प्रकाशित : माघ २४, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्