स्कुल-स्कुलमा मास्क [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि नेपालमा पनि चिन्ता बढ्न थालेको छ । अरुबेला खासै मास्क नलगाउने जमात पनि हिजोआज मास्क लगाएर हिंड्‍न थालेको छ । कार्यालय, स्कुल,कलेज, सार्वजनिक सवारी वा अन्य भीडभाड हुने ठाउँमा मास्क लगाएर हिंड्‍न थालेका छन्। काठमाडौं उपत्यकाका कतिपय स्कुलले त कोरोना भाइरसबाट सजग हुन विद्यार्थी र शिक्षक/शिक्षिकालाई मास्क अनिवार्य गरेको छ। यस्तै बुधबारबाट भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलले पनि आफ्ना विद्यार्थीलाई मास्क अनिवार्य गरेको छ। मास्कको अभाव भएपछि नेपाल सरकारले चीन सरकारलाई एक लाख मास्क पठाउने निर्णय गरेको छ ।


प्रकाशित : माघ २४, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्

गच्छदार दाेषी हुन् वा हाेइनन् थाहा छैन, म निर्दोष छु : नेपाल

‘निर्दोषलाई फसाउनु गलत हो’
देवनारायण साह

मोरङ — नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदार दोषी हुन् हाेइनन् आफूलाई थाहा नभएकाे बताएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले दाेषी भए कारबाही हुनु पर्ने र निर्दाेष भए फस्‍न नहुने बताए ।

कांग्रेसले गच्छदारलाई फसाएको तर जग्गाको लालपुर्जा हुनेहरुलाई अख्तियारले उन्मुक्ति दियो भनिरहेको छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेपालले भने, ‘त्यस्तो हो भने मलाई थाहा छैन तर निर्दोष मान्छेलाई फसाइएको हो भने त्यो गलत हो ।’

उनले अख्तियारले पार्टीगत रुपमा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो आफूलाई नलागेको बताए । ‘अख्तियारले मुद्दा दायर गर्दा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो लाग्दैन तर यदी पार्टीगत रुपमा गरेको हो भने उपयुक्त होइन,’ नेपालले भने ।

नेपालले ललिता निवास जग्गा प्रक्रणमा आफू दोषी नभएको दाबी गरे । ‘दोषी र अपराधी जोसुकै भए पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,’ नेपालले भने, ‘ललिता निवास जग्गा प्रक्ररणमा म दोषी, अपराधी र भ्रष्टाचारी होइन, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यता राख्दछु ।’

आफ्‍नो पालोमा कुनै नयाँ मोही बनाउने काम नभएको नेपालले प्रस्ट्याए । ‘कुनै कार्यालयमा भ्रष्टाचार हुन्छ भने त्यस कार्यालयका सबै दोषी हुँदैन जसले बदमासी गर्छ उही दोषी हुन्छ,’ नेपालले भने । कोही पनि निर्दोष मान्छे पर्न हुँदैन र दोषी मान्छे छुट्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको नेपालको भनाइ थियो ।

नेपालले अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत दिएको अनुदान छिटो संसदबाट पास गरेर टुंग्याउनु पर्ने बताए । ‘एमसीसीको सन्दर्भमा दुई वटा पाटो छ,’ उनले भने, ‘इण्डो-प्यासिफिकको अंग हो कि होइन र अर्को एमसीसीभित्रैका प्रावधानहरु नेपालको हित प्रतिकूल छ कि छैन ।’

एमसीसीका सन्दर्भमा कतिपयका अभिव्यक्तिले जटिलता उत्पन्‍न भए पनि सरकार, सांसद, नेताहरु प्रस्ट हुनुपर्ने नेपालले बताए । ‘सरकारले इण्डो प्यासिफिकको अंग होइन भनेपछि होइन,’ उनले भने, ‘एमसीसीभित्र सर्त हुन सक्छ तर अनुचित सर्त हुनु भएन । त्यसलाई अध्ययन गर्न पार्टीले कार्यदल बनाएको छ । कार्यदलले आग्रह नराखी छिटो टुंग्याउनु पर्छ । अब धेरै ढिलो नगरी एमसीसी पास गर्नुपर्छ ।’

प्रकाशित : माघ २४, २०७६ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×