१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजधानीको बेग्लै व्यथा : बल्खु पुलमुनि पानी भर्नेको भीड

शब्द/तस्बिरः हेमन्त श्रेष्ठ

काठमाडौँ — बल्खु पुलमुनि ३ वटा धारा छन् । ती धाराबाट साताको एक पटक मात्रै पानी आउँछ । केही घन्टाका लागि मात्रै पानी आउँछ । पानी लिनका लागि स्थानीयहरुको खचाखच भीड हुन्छ । हप्तादिनलाई पुग्‍ने पानी उनीहरु एकैपटक लैजान्छन् । ड्रम, बोतल,जारमा पानी भरेर राख्‍छन् । ठेला, स्कुटर र ट्याक्टरमा एकैपटक उनीहरु जारमा पानी हालेर लैजान्छन् । खानेपानी आयोजनाले ती धारा निःशुल्क रुपमा उपलब्ध गराएको हो । निःशुल्क रुपमा वितरण गरिने पानीले स्थानीयलाई ठूलो राहत पुर्‍याएको छ । धारा आसापासमा विपन्‍न तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुको बाक्लो उपस्थिती छ । यो साता धाराबार आइतबार पानी आएको थियो भने अर्को साता शनिबार पानी आउने स्थानीयले बताए ।

प्रकाशित : माघ १२, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्