कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘अस्ट्रेलिया डे’ मा नेपाली कलासंस्कृति

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले राष्ट्रिय दिवसका रुपमा मनाउने ‘अस्ट्रेलिया डे’ परेडमा नेपालीहरुले सहभागिता जनाएका छन् । १ सय बढी देशका नागरिकहरुले उनीहरुका कलासंस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै सहभागिता जनाएको परेडमा नेपाली कलासंस्कृति र बाजाको सान अलग देखिएको थियो ।

सन् १७८८ मा पहिलो डुंगा न्यू साउथ वेल्समा आइपुगेको अवसरमा मनाइने यो दिनलाई अस्ट्रेलियाले बहुसांस्कृतिक संस्कृतिको प्रवर्द्धन र चिनारी दिलाउने उद्देश्यका साथ मनाउने गरेको छ । यहाँको सबै राज्यहरुमा आयोजना गरिने यस्ता परेडमा विश्वका विभिन्न कुनाबाट यहाँ आएर बसोबास गरेका नागरिकहरुले आफ्नो परम्परागत भेषभुषा, कला संस्कृतिको पहिचानसहित सहभागिता जनाउने गरेका छन् । यस दिनको फाइदा नेपालीहरुले समेत आफ्नो देश चिनाउने अवसरका रुपमा खुलेरै लिए ।

दक्षिण अस्ट्रेलियामा आयोजित परेडमा सहभागी नेपालीको यसवर्षको मुख्य आकर्षण नै परम्परागत पञ्चेबाजा थियो । त्यसमा दौरा सुरुवाल, गुन्यू चोली, ढाका टोपी त छुट्नै कुरै भएन् । बालबच्चा, बाआमा मात्र नभएर युवाहरुले समेत परेडमा उत्साहका साथ सहभागिता जनाए । नेपालीहरुलाई संयोजन गरिरहेका एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन रेग्मीले यो कार्यक्रम नेपाल र नेपाली चिनाउने महत्वपुर्ण अवसर भएको सुनाए ।

मुख्य सहरमा करिब ३ किलोमिटरसम्म चलेको यो सांस्कृतिक पदयात्रामा मन्त्री, सांसदहरुका साथै विभिन्न उच्च व्यक्तिहरुले सहभागिता जनाएका थिए । त्यसमा पनि नेपाली कलासंस्कृतिको विदेशीहरुले चासोका साथ अवलोकन गरेका थिए ।

अर्कोतिर यस कार्यक्रमलाई नेपालको भ्रमण वर्षको प्रचारप्रसार गर्ने अवसरको रुपमा समेत नेपालीहरुले उपयोग गरेका थिए । भिजिट नेपाल २०२० को लोगोसहित सहभागी उनीहरुले भेटेजति सबैलाई नेपाल घुम्न आग्रह समेत गरेका थिए ।

प्रकाशित : माघ १२, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्