१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्यटकको स्वागतमा खुलेका हिमाल (फोटो फिचर)

मनोज पौडेल

कपिलवस्तु — मौसम खुलेसँगै काठमाडौंको उत्तरमा मनमोहक सेताम्य हिमाल देखेर सबै रोमाञ्चित बने । काठमाडौंस्थित त्रिभुवन विमानस्थल हुँदै यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रीहरुको ध्यान हिमालले गजबले तानेको थियो । शुभ्र हिमाल देखेर तस्बिर खिच्ने र खिचाउन उस्तै तँछाडमछाड चलेको थियो । प्राय सबै उडान हिमश्रृंखला हुँदै उडेकाले यात्रुले माउन्टेन फ्लाईटकोझैं अनुभूति गरेका थिए ।

प्रायजसो धुवाँधूलोले डम्म ढाकिने काठमाडौं उपत्यका शनिबार  बिहानैदेखि छ्याङ्ग खुलेको थियो । काठमाडौं भैरहवा उडानमै सुरुमा लाङटाङ हिमालले स्वागत गर्‍यो । त्यसपछि गणेश, मिलाचूली, मनास्लु हिमाल मनमोहक सेताम्य देखिए । अन्नपूर्ण रेन्ज अन्तर्गत अन्नपूर्ण तेस्रो, माछापुच्छ्रे, अन्नपूर्ण पहिलो र दोस्रो हिमश्रृखंला देखिएका थिए । त्यसपछि धौलागिरी हिमाल देखिएको थियो । आँखै अघि हिमाल देख्दा सबै रोमाञ्चित बनेका थिए । जति बखान गरेपनि कम हुने भन्दै यात्रा अविस्मरणीय भएको यात्रुहरुले बताए । 

प्रकाशित : माघ ११, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्